मोरङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु - सिधा मिडिया



मोरङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

सिधा मिडिया संवाददाता
    ९ फाल्गुन २०७७, आईतवार १२:४८  मा प्रकाशित
73 जनाले पढ़िसके

प्रतिक्रिया




    ९ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन्

    को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१-००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

    कैलालीमा एक जनाको मृत्यु

    यसैगरी कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय खगेन्द्र चौधरी छन् ।

    धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । शनिबार बेलुकी सवा ७ बजे गाडामा अनटेष्ट लेखिएको मोटरसाइकल ठोक्किएको थियो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस