स्याङ्जामा "लागुऔषध" सहित "दिवश र अमुल" पक्राउ - सिधा मिडिया



स्याङ्जामा “लागुऔषध” सहित “दिवश र अमुल” पक्राउ

प्रदिप पंगेनी
    ९ फाल्गुन २०७७, आईतवार १७:०९  मा प्रकाशित
177 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी / स्याङ्जाः पुतलीबजार नगरपालिका  वडा नं. १ प्रगतिनगरमा लागु औषध ओसारपसार भई रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले  २ जना मानिसलाई पक्राउ गरेको छ ।

    गोप्य सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा बाट प्रहरी टोली खटिई गई चेकजांच गर्ने क्रममा  स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ बस्ने बर्ष २५ को दिवश गुरुङ र सोही स्थानमा (ऐ). आंधिखोला गाँउपालिका वडा नं. १ बस्ने बर्ष २२ को अमुल परियारलाई शंकाष्पद अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले सोधपुछ गर्दा पक्राउ परेका दुबै जनाले लागु औषध सेवन गर्ने र लागु औषध खरिद गरी दिवश गुरुङको घरमा लुकाई
    छिपाई राखेको भन्ने बताएका थिए । दिवश गुरुङको घरमा लुकाई छिपाई राखेको भन्ने बताए सँगै दुबै जनालाई साथमा लिई
    दिवश गुरुङको घरकोठा खानतलासी गर्दा दिवश गुरुङ सुत्ने कोठाबाट व्यागमा लुकाई छिपाई राखेको अवस्थामा २/२ एम.एल. को लागु औषध BUPRENORPHINE २८ एम्पुल, Diazepam २८ एम्पुल, Phenergan २८ एम्पुल गरी जम्मा ८४ एम्पुल, लागु औषध गांजा ५ ग्राम र सिरिन्ज थान-१ फेला पारेको हो ।

    बरामद समान सहित दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको “सिधा मिडिया” लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक “राजेन्द्र प्रसाद अधिाकरी” ले जानकारी दिएका हुन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस