अलिफ खानले गायको "छुँदिन म जाले रुमाल" युटूब ट्रेन्डीङ्गमा चर्चा बटुल्दै - सिधा मिडिया



अलिफ खानले गायको “छुँदिन म जाले रुमाल” युटूब ट्रेन्डीङ्गमा चर्चा बटुल्दै

प्रदिप पंगेनी
    १० फाल्गुन २०७७, सोमबार १०:१०  मा प्रकाशित
27 जनाले पढ़िसके

प्रतिक्रिया




    पछिल्लो समय सामाजिक सन्जालमा चर्चित एक गायक अलिफ खानको आवाजमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल…’ सार्वजनिक गरिएको छ । सार्बजनिक गीतलाई द डिभाईन म्युजिकले प्रस्तुत गरेको हो । सार्वजनिक भएको गीतमा नारायण काइलोको शब्द तथा अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ । इन्जमाम अलि खान र श्रेया सिटौलाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ ।

    उक्त गीत युटूब मा सार्वजनिक भएको ६ दिनमा  युटुबको  ३० नम्बर ट्रेन्डीङ्गमा चलिरएको छ ।

    बिशेष गरी भिडीयोमा देखाइएको कथावस्तु र दर्शकले असाध्यै रुचाएका छन् । सूफी जनरामा बनाइएको यस गीतको भिडियोलाई अहिलेका चल्तीका भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । निर्देशक कार्की विगत १ दशक देखि भिडियो निर्देशकको रुपमा कार्यरत छन् ।

    कार्कीले निर्देशन गरेका पछिल्ला म्युजिक भिडीयोहरुमा नबोली नबोली, काले केटा २, माकुरी, केटो अलि कमाउने होस, त्यस्तै त्यस्तैमा, माया नयनी ताल, कान्छी मट्याङ ट्याङ, मेरो देश नेपाल, मैले बोलेको छैन ढाटेर लगायतका भिडियोहरु सर्वाधिक सफल छन् ।

    म्युजिक भिडीयोमा निर्देशक कार्कीको कामलाई भिडीयो हेर्ने दर्शकले धेरै रुचाउने गरेका छन् । गीतको भावलाई बुझेर सोही अनुसारको भिडीयो बनाउन सिपालु निर्देशक कार्की नेपालमा व्यवसायिक रुपमा सफल भएका निर्देशक को सूचीमा पर्ने गर्छन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस