चापाकोटमा भोलि देखी चौथो मेयर कप सुरु हुदै - सिधा मिडिया



चापाकोटमा भोलि देखी चौथो मेयर कप सुरु हुदै

प्रदिप पंगेनी
    १० फाल्गुन २०७७, सोमबार १०:४३  मा प्रकाशित
98 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः चापाकोट नगरपालिकामा  चौथो मेयर कप २०७७ भोलि फाल्गुन ११ देखि १५ गतेसम्म हुने भएको छ । चापाकोटको सान, चापाकोटको पहिचान, खेल क्षेत्रलाई विकास गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथमा खेल हुने मिति नजिकीए सँगै खेलको लागी मैदानहरुको निर्माण, रंगीचंगी धजा पतका तथा सरसफाइ तिव्र रुपमा जारी रहेको चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष प्रविण गिरीले “सिधा मिडिया” सँग बताए ।

    वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता तथा बिभिन्न कार्यक्रम हुने भएको हो । चापाकोट नगरपालिका वार्ड न.१० बोटेटारमा जन्ज्योतिको कान्छीबजार खेलमैदानमा खेलहुन लागेको हो ।

    खेल तथा पुरस्कारहरु निम्न रहेका छन् :-

    भलिबल खेल अन्तर्गत- पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता  पुरस्कार राशी पहिलो हुनेलाई नगद ५२,००० दोस्रो लाई ३२,००० र तेस्रो हुनेलाई २०,००० को साथमा सिल्ड मेडल र प्रमाण पत्र तोकिएको छ ।

    ब्याटमिन्टन खेल अन्तर्गत – (पुरुष) पुरस्कार राशी क्रमशः नगद  १५ हजार , १० हजार, र ५ हजारको साथमा मेडल र प्रमाण पत्र  राखिएको छ ।

    डोरी तान्ने खेल अन्तर्गत – (पुरुष तथा महिला) पुरस्कार राशी नगद क्रमशः १५ हजार , १० हजार, र ५ हजारको साथमा  प्रमाण पत्र राखिएको छ ।

    छेलो फाल्ने खेल अन्तर्गत – (पुरुष तथा महिला) पुरस्कार राशी क्रमशः नगद १५ हजार, १० हजार, ५ हजारको साथमा प्रमाण पत्र तोकिएको छ ।

    भेट्रानस् प्रतियोगिता अन्तर्गत -, ३५ वर्ष नागेका पुरुषहरुको भेट्रानस् प्रतियोगिता प्रथम पुरस्कार राशी खसीको साथमा प्रमाण पत्र तोकिएको छ भने, द्धितीए पुरस्कारको राशी कुखुराको भाले रहेको छ ।

    खेल दर्ता गर्ने मिती फाल्गुन ११ गते बिहान १० बजे सम्म मात्र तोकिएको छ ।

    खेलको उद्धघाटन् फाल्गुन ११ गते दिनको ११ बजे गरिने भएको छ । चौथो मेयर कप फाल्गुन ११ देखि १५ गते सम्म चापाकोट नगरपालिकाको वडा नं १० बोटेटारको कान्छीबजारमा खेलहरु हुन लागेको हो  । साथमा हाँस्य कलाकार दिपक थापाको साथमा स्थानिय झाकी, कौडा नाच तथा सांस्क्रितीक कार्यक्रम समेत हुने भएको छ ।

    चापाकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय चापाकोट, स्याङ्जाको आयोजनामा खेल हुन् लागेको हो ।  खेलको सञ्चालन भने नगर खेलकुद विकास समिति चापाकोट, स्याङ्जाले गर्ने भएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस