चापाकोटमा सिपलाई ब्यबहारमा उतार्न नगरप्रमुख गिरिको आग्रह - सिधा मिडिया



चापाकोटमा सिपलाई ब्यबहारमा उतार्न नगरप्रमुख गिरिको आग्रह

सिधा मिडिया संवाददाता
    १० फाल्गुन २०७७, सोमबार १८:५७  मा प्रकाशित
93 जनाले पढ़िसके

प्रतिक्रिया




    बिश्व प्रकाश भट्टराई ः चापाकोट नगरपालिकामा दुई महिने सिलाइ तथा ढाका ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।
    चापाकोट नगरपालिका को आर्थिक सहयोग तथा सिलाइ तथा ढाका ब्यवस्थापन समिती चापाकोट नगरपालिका वडा नम्बर २र ९ को ब्यबस्थापन मा तालिम सम्पन्न भएको हो ।

    सिलाइ तथा ढाका ब्यवस्थापन तालिम को समापन गर्नु हुँदै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरि ले सिप लिएर मात्र खुम्चियर बस्न नहुने ,सिपलाई ब्यबहारमा लागु गर्नुपर्ने बताउदै महिला हरु लाई स्वरोजगार र व्यवसायीमुखी बनाउन नगरपालिका ले विभिन्न योजनाहरु अघी सारेको बताउनु भयो ।

    उहाले उद्यमीले सामाग्री उत्पादन गरेमा नगरपालिकाले ब्यवस्थापन गरिदिने बताउनुभएको छ । सहभागिले उत्पादन गरेका सामाग्रि देख्दा आफुलाइ खुसी लागेको र यसको लागि नगरपालिका ले आबश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । नगरप्रमुख गिरि ले तालिम लिनु मात्रै उपलब्धी नभई तालिम को सिपलाई ब्यवहार मा प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।कार्यक्रम मा बोल्दै चापाकोट नगरपालिका का उप प्रमुख बिमला श्रेष्ठ ले महिलाहरु पनि सिपयुक्त भई स्वदेश मै रोजगारी सिर्जना गरी आय आर्जन तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो ।

    सिलाइ तथा ढाका ब्यवस्थापन समिती चापाकोट नगरपालिका वडा नम्बर २र ९ को अध्यक्ष मन्जु परियार को अध्यक्षता एबम चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम को संचालन कार्यपालिका सदस्य इशा राना ले गर्नु भयको थियोे ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस