लाईसेन्स साथमा नभएपछि ट्राफिक प्रहरीको जरिवाना कारवाहीबाट बच्न भाग्दै गर्दा उदयपुर घर भएकी सिर्जना राईले ज्यान गुमाएकी छन् ।
ललितपुरको जावलाखेलमा सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ छल्न भाग्दै गरेकी सिर्जनाको प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरबाट दुर्घटना भई मृत्यु भएको हो ।
चेकजाँच भइरहेको देखेपछि आफूसँग लाईसेन्स नभएकी सिर्जना ट्राफिकको आँखा छलेर भाग्न खोजेकी थिईन् । तर, चेकिङको क्रममा ड्युटीमा खटिएका प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गर्दा स्कुटर अनियन्त्रीत भई लडेको प्रत्यक्षदर्शी रमेश थापाले बताए । उदयपुर स्थायी घर भएकी २३ वर्षीया सिर्जना काठमाडौंको नखिपोट बस्दै आएकी थिईन् ।
ट्राफिक प्रहरीले जवरजस्ती स्कुटर पछाडीबाट तानेर अयिन्त्रत भई लडेकी सिर्जनालाई बा २ ख ३५७४ नम्बरको बसको चक्काले कुल्चेको थियो ।
घटनालगतै उद्दार गरी अल्का अस्पताल पु¥याएलगतै ज्यान गएको महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्रचार्यको भनाई छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया