धादिङमा डोजरको ठक्करबाट महिलाको मृत्यु, डोजरमा आगजनी - सिधा मिडिया



धादिङमा डोजरको ठक्करबाट महिलाको मृत्यु, डोजरमा आगजनी

    १७ फाल्गुन २०७७, सोमबार २०:३७  मा प्रकाशित
327 जनाले पढ़िसके

प्रतिक्रिया




    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -१ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाइ जेसीवी डोजरले ठक्कर दिएको हो।

    महिलाको शव भने माटोले पुरिएको अवस्थामा भेटिएको थियो। घटना कसरी भयो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन। यद्यपी घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

    ठक्करबाट घाइते भएकी महिलालाइ डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरिदिएका छन्। डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको बताएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस