अन्जु पन्तको दोस्रो विवाह पछि नायिका रीमा विश्वकर्मा बिहे गर्ने मुडमा ? - सिधा मिडिया



अन्जु पन्तको दोस्रो विवाह पछि नायिका रीमा विश्वकर्मा बिहे गर्ने मुडमा ?

    १८ फाल्गुन २०७७, मंगलवार १५:२३  मा प्रकाशित
219 जनाले पढ़िसके

प्रतिक्रिया




    चर्चित गायिका अन्जु पन्तको विवाहको चर्चाबिच नायिका रीमा विश्वकर्माले पनि दोस्रो विवाह गर्ने सङ्केत दिएकी छिन् । विवाह भएको २ वर्षमै सम्वन्धविच्छेद गरेकी रीमाले अब दोस्रो विवाहको कुरा गर्ने बेला भएको बताएकी हुन् ।

    ‘कमेडी च्याम्पियन २’ प्रसारणको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको विषय उठान गरेकी हुन् । सञ्चारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले अब बिहेको कुरा गर्दा हुने भन्दै प्रसङ्ग सुरु गरेकी थिइन् ।

    तर, उनले दोस्रो बिहेको योजनाको विषयमा थप जानकारी बताउन मानिनन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मन पर्ने पनि स्पष्ट पारिन् ।

    कोही पनि पूर्ण रूपमा ठिक नहुने भन्दै उनले कहिलेकाहीँ कमजोर महसुस गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता भएको धारणा राखिन् । उनको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो ।

    अर्को बिहे कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने पनि उनले बताइन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस