जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले यस्ताे गरेपछि… - सिधा मिडिया



जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले यस्ताे गरेपछि…

    १९ फाल्गुन २०७७, बुधबार ०८:५७  मा प्रकाशित
291 जनाले पढ़िसके

प्रतिक्रिया




    भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुई विद्यार्थीहरुले एक आपसमा बिहे गरेको छन् । भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।

    आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो ।

    भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस