इब्राहीम अली खानको जन्मदिनमा करिनाको विशेष उपहार, खुशी भए फ्यान - सिधा मिडिया



इब्राहीम अली खानको जन्मदिनमा करिनाको विशेष उपहार, खुशी भए फ्यान

    २२ फाल्गुन २०७७, शनिबार ०७:५२  मा प्रकाशित
163 जनाले पढ़िसके

प्रतिक्रिया




    आज सैफ अलि खान र अमिता सिंहको छोरा इब्राहीम अली खानको जन्मदिन परेको छ । आजबाट उनी २१ वर्षमा प्रवेश गरेका छन् ।

    उनलाई सामाजिक सञ्जालमार्फत धेरैले शुभकामना दिइरहेका छन् । तर उनकी कान्छी आमा करिना कपुरले गरेको पोष्टले फ्यानहरुको मन छोएको छ ।

    करिनाले दोस्रो सन्तानको जन्मदिएपछि सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् । केही दिन अघि सबैलाई सम्झेको छु है भनेर हराएकी करिना आज फेरि सैफको छोरालाई शुभकामना दिन झुल्किइन् । उनले सुन्दर जवान युवकलाई जन्मदिनको शुभकामना भनेर इन्टाग्राममा पोष्ट गरेको छिन् ।

    भारतीय सञ्चारमाध्यमका अनुशार करिनाले छोरा इब्राइमलाई बिशेष उपहार समेत पठाएकी छिन् । जुन कुरा सुनेर फ्यानहरुले खुशीयाली मनाइरहेका छन् ।

    त्यस्तै सारा अलि खानले पनि आफ्नो भाईको लागि विशेष म्यासेज छाडेको छिन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस