यस कारण विशेष छ यसपालिको शिवरात्रि, ६ राशिलाई उत्तम - सिधा मिडिया



यस कारण विशेष छ यसपालिको शिवरात्रि, ६ राशिलाई उत्तम

    २५ फाल्गुन २०७७, मंगलवार २०:०१  मा प्रकाशित
194 जनाले पढ़िसके

प्रतिक्रिया




    शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ ।

    त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो ।

    गणित अनुसार २७ गते शिवरात्रि परेको छ । २६ गते राति १२ बजेर २९ मिनेटमा ग्रहको राजकुमार बुध ग्रहले राशि परिवर्तन गरेर आफ्नो मित्र राशि कुम्भ राशिमा जादैछ । बुध आफैमा बुद्धिको ग्रह हो, त्यो आफ्नै मित्र राशिमा जाने हुनाले शिवजीको विशेष कृपा बन्दै छ ।

    २७ गतेबाट चैत्रको १५ गते सम्म यी ६ राशिहरूलाई शिवजीको कृपा बर्सिँदै छ ।

    १)मेष राशि : कुम्भ राशिमा बुध ग्रह प्रवेश । ११ औँ भावमा बुध ग्रह जाँदा कमाइको स्रोतहरू बढ्नेछ । तपाईँलाई आँटिलो बनाइदिन्छ ।

    २) वृष राशि : अत्यधिक स्वर्णिम समय आएको छ । इच्छाएका कुराहरू सबै पुरा हुनेछन् ।

    ३) मिथुन राशि : धर्म कर्म र भाग्यका कारण तपाईँले सोच्नुभएका हरेक कार्यहरू पुरा हुनेछन् ।

    ४) वृश्चिक राशि : चौथो भावमा बुध राशि पर्ने हुनाले तपाईँको लागि एकदमै सुख दिने समय छ । पिता तथा राज्यसँगका सम्बन्धहरू तपाईँलाई फलिफाप हुनेछ ।

    ५) धनु राशि : पुरुषार्थ बढेर जानेछ । जोस र जाँगर बढ्ने छ । आँटिलो बन्नुहुनेछ । पार्टनरसिपमा हुनुहुन्छ भने पनि समय एकदमै राम्रो छ ।

     

    ६) मकर राशि : बुध ग्रह दोस्रो भागमा रहेकोले कुटुम्ब बढ्ने सम्भावना बढी नै छ । रोग, ऋण र शत्रुलाई जितिनै जाने बेला छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस