विमान दु’र्घटना भए’को ३६ दिनसम्म पाइलट जिउँदै ! गोही र सर्प भरिएको जंगलमा कसरी बाँचे ? - सिधा मिडिया



विमान दु’र्घटना भए’को ३६ दिनसम्म पाइलट जिउँदै ! गोही र सर्प भरिएको जंगलमा कसरी बाँचे ?

    २७ फाल्गुन २०७७, बिहीबार १९:०५  मा प्रकाशित
272 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं। विमान दु’र्घटना’मा मृ’त्यु’लाई धो’का दिएका एक जना पाइलट गोही र सर्प भरिएको जंगलमा ३६ दिनसम्म जीवितै रहन सफल भएका छन् । गोही र सर्प भरिएको अमेजनको डरलाग्दो जंगलमा दुर्घ’टनाग्र’स्त भएको विमानका ती पाइलट एक महिनाभन्दा बढी समयसम्म चराका अण्डा र जंगली फलफुल खाएर जीवित रहन सफल भए ।

    द सनको रिपोर्टअनुसार बेपत्ता भएका ३६ वर्षमा एन्टोनियो सेनाको उनी हराएको ५ हप्तापछि नाटकीय खोजी र उद्धार अभियानको सहयोगमा सोमबार आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएका थिए । लगत्तै उनी बेप’त्ता भएका थिए । शं’कास्प’द प्राविधिक गडबडीपछि सेनाले विमानलाई जंगलमा आपतकालीन अवतरण गराएका थिए ।

    भाग्यवश उनले विमानको भित्री भागमा आगो लाग्नुभन्दा पहिल्यै केही ब्रेड र अन्य सामग्री भएको एउटा झोला लिन सफल भए । उनी जंगलमा सहयोग खोज्दै भौंतारिँदै रहेका बेला ४ हप्तापछि उनले जंगलमा कटुस बटुल्न गएका केही व्यक्तिहरुलाई फेला पारे । ती स्थानीयले यसबारे खबर फैलाएपछि उनको उद्धार सम्भव भएको थियो ।

    उनको अश्रुमिश्रित पारिवारिक पुनर्मिलन ब्राजिलियन टिभीमा प्रसारण गरिएको थियो । लगत्ते उनलाई अस्पतालमा भर्ना गरियो । उद्धारपछि भावुक बनेका एन्टोनियोले भने ‘यो अवधिमा मलाई बलियो राख्ने र मलाई त्यो कठिन परिस्थितिबाट बाहिर निकाल्न हिम्मत दिने कुरा भनेको मेरो परिवारका लागि मभित्र भएको प्रेम र मेरो परिवारलाई भेट्ने मेरो तीब्र इन्चा थियो । यो प्रेम र विश्वासको कथा हो ।’

    सेनाका अनुसार उनले पहिलो हप्ता आफ्नो जलेको विमानको छेउमै बसेर बिताए । त्यो समयमा खोजी र उद्धार टिमका हेलिकप्टर र जहाजहरु आकाशमा घुमिरहे तर उनलाई फेला पारेनन् । त्यसपछि उनी सहयोग खोज्न हिँड्न थाले । त्यो दिन शनिबार थियो जुन दिन उनले जंगलमा कटुस बटुल्न आएकाहरुलाई फेला पारे । त्यसपछि उनले ती व्यक्तिहरुको सहयोगमा आफ्नो आमालाई आफू जीवितै भएको बताउँदै फोन गर्न पाए ।

    आफू अब बाँच्न सक्छु भन्ने महसुस भएको त्यो समयबारे स्मरण गर्दै उनले भने ‘त्यतिबेला अपरान्हको साढे ३ वा ४ बजेको थियो ।’ म जंगलमा हिँड्दै थिएँ अनि मैले सेतो पाल देखें । मैले त्यसलाई उठाएर हेर्दा कटुस राखिएको टोकरी, केही अन्य औजार र पानी राखिएको देखें । मैले त्यहाँ भएको सानो गोरेटो पच्छ्याएँ र केही पर केही व्यक्तिहरुलाई भेटें जसले बाहिर सन्देश पठाए ।’

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस