केपी ओली बिरुद्ध जीवनकै अन्तिम र निर्णायक लँडाई लड्ने रामकुमारी झाँकीको चेतावनी - सिधा मिडिया



केपी ओली बिरुद्ध जीवनकै अन्तिम र निर्णायक लँडाई लड्ने रामकुमारी झाँकीको चेतावनी

    २९ फाल्गुन २०७७, शनिबार ०९:०८  मा प्रकाशित
124 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौं । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युताईदिए पछि प्रचण्ड समुहलाई छाडेर एमालेमै फर्किएका माधव झलनाथ समुहका नेताहरुलाई ओली समुहले एकाएक जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि यो समुह आक्रोसित बनेको छ ।
    यस्तोमा संस्थागत रुपमा समेत माधव खनाल समुह प्रतिवादमा उत्रने गरी छलफलमा जुटेको छ भने नेताहरुले आकोस व्यक्त गरीरहेका छन् ।
    यस्तोमा केही समय अघि राष्टपति विरुद्ध दिएको अभिव्यक्तिका कारण प्रहरीले नियन्त्रणमा लिएर छाडेकी एमाले नेतृ रामकुमारी झाँकीले पनि कडा आक्रोस पोखेकी छन् ।

    उनले सामाजिक सञ्जालमा लेख्दै, यो विधान विपरीतको ज्यादती भन्दै यो कम्युनिष्ट आन्दोलनको विसर्जन भएको बताएकी छन् । तर आफूहरुले यो आन्दोलन विसर्जन हुन नदिने , यसको कानुनी र राजनीतिक दुबै प्रतिवाद गर्ने भनेकी छन् ।
    साथीहरु, यो हाम्रो जीवनको अन्तिम र निर्णायक लँडाई हुनेछ , केपी ओलीको नामै नलिई उनले आफ्नो पोष्टमा उल्लेख गरेकी छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस