नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी ! किनेर खान सक्नुहुन्छ ? हेरौ यो तरिका - सिधा मिडिया



नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी ! किनेर खान सक्नुहुन्छ ? हेरौ यो तरिका

    २९ फाल्गुन २०७७, शनिबार ०९:२०  मा प्रकाशित
183 जनाले पढ़िसके

प्रतिक्रिया




    के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो ? यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ । नेपालको विशेषगरी हिमाली क्षेत्र,

    त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ ।

    नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा कोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ ।

    अनुसन्धानकर्ताहरु जयकान्त राउत, जीतेन्द्र उपाध्याय, विजय राघवन, मिनु अधिकारी, सन्तोषी भुसाल, प्रगुन सुन्दर सैंजू, चन्द्रमोहन गुर्मछान, अञ्जना गिरी र लोकरञ्जन भट्टले नेपालमा यो च्याउको व्यापार र संरक्षणका विषयमा संयुक्त रुपमा गरेको अनुसन्धानको शोधपत्र साइन्स

    पब्लिसिङ ग्रुप जर्नलमा प्रकाशित भएको छ । २० नोभेम्बर २०१९ मा प्रकाशित यो शोधपत्रमा उल्लेख भएअनुसार नेपालमा यो च्याउ हिमाली क्षेत्रमै गएर संकलन गर्ने संकलकले प्रतिकिलो ५ हजार रुपैयाँमा बिक्री गर्छन् ।

    शोधपत्रका अनुसार थोक बिक्रेताले यो च्याउ १६ हजार रुपैयाँ प्रतिकिलो बिक्री गर्छन् । राष्ट्रिय बजारमा यो च्याउको खुद्रा मूल्य २० हजार रुपैयाँ प्रतिकिलो छ र अन्तर्राष्ट्रिय बजारमा यो च्याउ ३० हजार देखि ४० हजार रुपैयाँसम्म प्रतिकिलो निकासी हुन्छ ।

    पूरा शोधपत्र यहाँ क्लिक गरेर पढ्न सक्नुहुनेछ । शोधकर्ताहरुका अनुसार नेपालमा यो च्याउ संकलन गरेपछि सुकाउने, ग्रेडिङ गर्ने र प्याकिङ गरेर बजारमा पठाइन्छ ।यसबाहेक अन्य कुनै पनि किसिमको प्रशोधन नेपालमा अहिलेसम्म हुने गरेको छैन ।

    यो तरकारी मुटु सम्बन्धि रोगका लागि निकै उपयोगी मानिन्छ । यसबाहेक यसमा अन्य कैयौं प्रकारका पौष्टिक तत्व पाइन्छ । यो तरकारीको माग विदेशी बजारमा निकै ठूलो छ । अन्तर्राट्रिय स्तरको

    अनलाइन सपिङ प्लेटफर्म अलीबाबामा यो च्याउको मूल्य १५० डलर प्रतिकिलोदेखि ३२० डलर प्रतिकिलोसम्म उल्लेख छ । यद्यपि अलीबाबाबाट यो मूल्यमा च्याउ थोकमा किन्नुपर्छ । कम्तीमा १० किलो किन्दा मात्र यो मूल्यमा पाइन्छ । अर्को ठूलो सपिङ प्लेटफर्म अमेजनमा पनि लगभग यससँग मिल्दो मूल्य नै छ ।

    गुच्चीको वैज्ञानिक नाम मोर्सेला एस्क्युलेन्टा हो । आम रुपमा यसलाई मोरेल्स पनि भनिन्छ । यसलाई स्पन्ज मशरुम पनि भनिन्छ। यो नेपालको कर्णाली प्रदेश, भारतको हिमाचल प्रदेश र जम्मु कश्मिरमा उत्पादन हुन्छ ।

    वर्षाको मौसममा यी च्याउहरु आफैं पनि उम्रिन्छन् । तर, निकै जो’खिमपूर्ण उच्च पहाडी क्षेत्रमा हुने भएकोले यसलाई संकलन गन निकै कठिन हुन्छ । यही कारण यसको मूल्य निकै उच्च छ ।

    अमेरिका, युरोप, फ्रान्स, इटली र स्विजरल्याण्डमा यो च्याउको माग उच्च छ । यसमा उच्च मात्रामा भिटामिन बी, सी, डी र के हुन्छ । उच्च पहाडी षेत्रमा उम्रिने गुच्ची फेब्रुअरीदेखि अप्रिल महिनासम्म पाइन्छ ।

    यो पनि पढ्नुस

    भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

    शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

    हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

    एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

    तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस