लगभग एमाले बिभाजन ! - सिधा मिडिया



लगभग एमाले बिभाजन !

    २९ फाल्गुन २०७७, शनिबार २०:१९  मा प्रकाशित
126 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमान्डौ , पुनःस्थापित नेकपा एमालेको आधिकारीक बैठक बस्नु अगावै वरिष्ठ नेता माधवकुमार नेपालले विभाजनको तयारी शुरु गर्नुभएको छ । उहाले संस्थापन पक्षलाई चुनौति दिनेगरी समानान्तर संरचना बनाएको घोषणा गर्नुभएको हो ।नयाँ बानेश्वरको एक होटलमा बसेको सो समुहको केन्द्रीय सदस्यको बैठकले समानान्तर संरचना बनाएको छ ।

    प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ । नेपाल समुहले कर्णालीमा नेता नभेटाएपछि ज्ञवालीलाई नै संयोजक बनाएको छ ।

    युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।

    नेकपा र त्यो भन्दा अगाडी एमालेमा रहँदा उहाले नेतृत्वलाई सदैव नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने बताएपनि आफैले भने अहिले दुई नेतालाई दोहोरो जिम्मेवारी दिनु भएको छ । शाक्यलाई बाग्मती प्रदेशको संयोजक र महिला विभागको जिम्मेवारी दिइएको छ भने नेता ज्ञवालीलाई दुई वटा प्रदेशको संयोजक तोकिएको छ ।

    सो समुहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा आफु पक्षका केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिनुभयो । उहा विहान माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी भएर फर्किएपछि सो निर्णय भएको हो । जनता टाइम्स

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस