सिन्धुलीको घुम्तीमा मोड्न खोज्दा बोलेरो जीप दुर्घटना’,२ वर्षीय छोरा सहित ४ जनाको मृ’त्यु - सिधा मिडिया



सिन्धुलीको घुम्तीमा मोड्न खोज्दा बोलेरो जीप दुर्घटना’,२ वर्षीय छोरा सहित ४ जनाको मृ’त्यु

    ४ चैत्र २०७७, बुधबार १४:२६  मा प्रकाशित
129 जनाले पढ़िसके

प्रतिक्रिया




    सिन्धुलीको कमलामाई नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ भने ८ जना घाइते भएका छन्।

    अपराह्न कमलामाई नगरपालिका–७, करमडाँडामा घुम्तीमा मोड्न खोज्दा जीप पछाडि सरेर भिरबाट करिब ५० मिटर खसेको सिन्धुलीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले जानकारी दिए। जीप जिल्लाको पहाडी क्षेत्रमा पर्ने सिन्धुलीमाडीबाट बाँसकटेरीतर्फ गइरहेको थियो।

    मृ’त्यु हुनेहरुमा कमलामाई नगरपालिका -४ बाँसकटेरीका ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता स्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष रहेका छन्। बोलेरो चालकको अवस्था गम्भिर छ। उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस