नेपालमा गरुडा रकेटको पहिलो प्रक्षेपण परीक्षण, १० सेकेन्ड आकाशमा उडेपछि ‘क्र्यास’ - सिधा मिडिया



नेपालमा गरुडा रकेटको पहिलो प्रक्षेपण परीक्षण, १० सेकेन्ड आकाशमा उडेपछि ‘क्र्यास’

    ७ चैत्र २०७७, शनिबार २०:५४  मा प्रकाशित
134 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडाैं । नेपाली विद्यार्थीले तयार पारेकाे ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिएकाे छ । केही बेरअघि भएको प्रक्षेपणमा रकेट १० सेकेन्डसम्म आकाशमा उडेको थियो ।

    करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे । निर्माण टाेलीले नेपाली सेनासँगकाे सहकार्यमा एक महिनापछि पुनः रकेट प्रक्षेपण गर्ने योजना ल्याएको छ ।

    ‘१० सेकेन्डमै क्र्यास भयो । हावाकाे बहावका कारण रकेटले ‘पिक गेन’ गर्न सकेन । आजको अनुभवले हामीलाई धेरै सिकाएको छ । पुनः एक महिनापछि प्रक्षेपण परीक्षण गर्ने योजना ल्याएका छौं,’ टिम मेम्बर माेहन तामाङले टेकपानासँगकाे कुराकानीमा भने ।

    यस्ताे रह्याे प्रक्षेपण

    ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि विद्यार्थीले रकेट परीक्षण गरेका हुन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस