कोरोनाको जोखिम बढेपछि भीडभाड, सभा र जुलुस नगर्न सरकारको निर्देशन [विज्ञप्ति सहित] - सिधा मिडिया



कोरोनाको जोखिम बढेपछि भीडभाड, सभा र जुलुस नगर्न सरकारको निर्देशन [विज्ञप्ति सहित]

    ८ चैत्र २०७७, आईतवार २१:०५  मा प्रकाशित
143 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं – सरकारले नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न सक्ने भन्दै भीडभाड, सभा र जुलुस नगर्न निर्देशन दिएको छ ।

    छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दै गएकोले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको हो।

    मन्त्रालयले विज्ञप्तिमा ‘देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यावसाय नगर्न आग्रह गर्दछौं।’ भनेको छ ।

    विज्ञप्तिमा भनिएको छ – ‘मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को सङ्क्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध छ भनेको छ ।’

    भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा लकडाउन र रात्रिकालिन कर्फ्यु लगाइएको छ । अहिले भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस