पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।
हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।
सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन ।
नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’ जोडिएपछि केहीसमयअगाडीदेखि मिडियामा छाएकी हुन्, अफ्रिकी मुलकी गायिका बियोन्सी ।
यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्, अभिनयसमेत गर्न भ्याइसकिन् । अहिले आएर फुलबुट्टे सारीमा स्वर दिएपछि उनको चर्चा झन् चुलिएको छ ।
तिनै गायिकाले नेपालको राष्ट्रिय गानसँगै नेपाली गीत समेत गाएकी छन् नेपाल र नेपाली आफूलाई असाध्यै मनपर्ने बताएकी छिन् ।
यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया