छोटो समयमै चर्चा सर्जक सुमन ढकालको "चक्चके माया" (भिडियो सहित) - सिधा मिडिया



छोटो समयमै चर्चा सर्जक सुमन ढकालको “चक्चके माया” (भिडियो सहित)

    १० चैत्र २०७७, मंगलवार ०९:१८  मा प्रकाशित
151 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाण्डौ। बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” ले बजारमा चर्चा कमाउदैछ। छोटो समयमा गितको लोकप्रियता बढेको छ ।

    बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा र गायिका मेनुका परियारको आवाजमा रहेको गीतलाई रोशन परियारले लय गरेका हुन् भने सर्जक सुमन ढकालले शब्द कोरेका हुन् ।गीत फरक शैलीमा बनेको पाईएको छ।दर्शक स्रोताले गितलाई मन पराएको भिडियोमा देखिन सकिन्छ।

    दोहोरी पाटोमा अहिले बजारमा मौलिक गीतहरुले ठाँउ पाउदै आएकाो हामी आकलन गर्न सकिन्छ ।”फुल बसाको चक्चके मायाले कति हसाको” बोलको गीतमा पाईएको दमले चक्चके बोलको भाकासंगै हासो माया ब्यबहार यस्तै मिठा खालको शब्द चयन गरिएको छ।मोडल तेजेन्द्र गौतम, टिका सानु, रविना वसेल, प्रेम खड्का, हरी बिडारी र कृष्ण परियारको दमदार अभिनय रहेको म्युजिक भिडियोलाइ दिपक गिरिले छायांकन विकास ज्ञवालीले सम्पादन/कलर गरेका हुन् भने निशान एसके ले निर्देशन गरेका छन् । भिडियो मेशना म्युजिकको युटुव च्यानलबाट बजारमा आएको हो।

    गीतको पुरा भिडियो हेर्नुहोस् :

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस