स्याङ्जाको आँधीखोला गाउँपालिकाकी २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ परेका छन् ।
बोल्न, सुन्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा ती किशोरलाई प्रहरीले पक्राउ गरेका हुन् ।
ती किशोरले गत पुस ९ र १५ गते बलात्कार गरेको युवतीका आफन्तले दिएको जाहेरीमा उल्लेख छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार युवतीको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।
पीडितले आइतबार प्रहरीमा जाहेरी दिएको उनले बताए । प्रहरीले सोही दिन किशोरलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया