स्याङ्जामा ट्याक्टरबाट खसेर घाईते सहचालकलाई चालकले जिउँदै कालीगण्डकीमा बगाइदिए - सिधा मिडिया



स्याङ्जामा ट्याक्टरबाट खसेर घाईते सहचालकलाई चालकले जिउँदै कालीगण्डकीमा बगाइदिए

चालक भने फरार, सहचालक सुनिलले घटनाबारे आफ्नी दिदीलाई भनेपछि यो घटना सार्वजनिक
    ११ चैत्र २०७७, बुधबार ०८:०५  मा प्रकाशित
492 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाईते भएका युवकलाई जिउँदै कालीगण्डकीमा फालेको आरोप अर्का सहकर्मी सहचालक र चालकमाथि लागेको छ । ति युवक कालीगण्डकीमै बेपत्ता छन् भने चा

    लक फरार छन् । अर्का सहचालक पक्राउ परेका छन् ।

    गल्याङ नगरपालिका वडा नं ९ पारीचौरस्थित बेल्चौर–साँखर कच्ची सडक खण्डमा चैत ५ गते लु.अ.अ.फ. १०२० नं (अस्थायी नं) को ट्याक्टरमा काम गर्ने सहचालक गणेश गाहा मगरको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी गराएका छन् ।

    घटना विवरण अनुसार राति १० बजे कालीगण्डकी घाटदेखि ढुङ्गा लोड गरी हिँडेको उक्त ट्याक्टरबाट गाहा एक्कासी खसेको र तत्काल उनलाई ट्याक्टरले किच्न पुगेको थियो । त्यसपछि, चालक अमित परियार र साथी सुनिल रानाले सहयोग गर्नुको सट्टा ट्याक्टरमै राखेर साखर घाटबाट कालीगण्डकीमा फालेको बताइन्छ ।

    सहचालक सुनिल गल्याङ नगरपालिका वडा नं ८ का हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । सुनिलले घटनाबारे आफ्नी दिदीलाई भनेपछि यो घटना सार्वजनिक भएको हो । चालक अमित परियार भने फरार छन् । प्रहरी टोलीले खोजतलासलाई तिब्रता दिएपनि अहिलेसम्म नदिमा बेपत्ता गाहालाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीले ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्धा दर्ता गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट सात दिनको म्याद थप गरी सुनिलमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस