स्याङ्जा गल्याङको हुलाक डाँडा आन्तरिक पर्यट्कको रोजाइमा (फोटो फिचर) - सिधा मिडिया

स्याङ्जा गल्याङको हुलाक डाँडा आन्तरिक पर्यट्कको रोजाइमा (फोटो फिचर)

दैनिक रुपमा घुम्न जानेको संख्यामा बृद्धि
    ११ चैत्र २०७७, बुधबार १७:५९  मा प्रकाशित
580 जनाले पढ़िसके




सविना थापा मगर / स्याङ्जा : स्याङ्जाको गल्याङ् नगरपालिका- २ गराङ्डीमा रहेको हुलाक डाँडा यति बेला आन्तरिक पर्यट्कको रोजाइको स्थान बनेको छ । त्यस स्थानबाट स्याङ्जा तथा पाल्पाका विभिन्न रमणीय स्थान, गण्डकीको आकर्षक दृश्य देखिने भएकाले घुम्न आउनेको संख्यामा उल्लेखिए मात्रामा बृद्धि भएको हो ।

साथीभाईसँगको रमाइलो भेटघाट, प्राकृतिक दृश्यमा रम्दै अवलोकन तथा बनभोजका लागि र मनोरम दृश्य देखिने भएकाले मानिहरु घुम्न जाने गरेको स्थानियले बताएका छन् । उक्त स्थानमा सजिलै यातायातका साधन पुग्ने भएकाले पनि दैनिक रुपमा घुम्न जानेको संख्यामा बृद्धि भएको छ । सो स्थानलाई पर्यटकीय स्थलका रूपमा चिनाउनको लागि विभिन्न प्रयास भई रहेको छ ।

पछिल्लो समय कोभिड १९ को कारण पर्यटकको संख्यामा कमि आएता पनि अहिले भने आन्तरिक तथा बाह्ा पर्यटकको संख्यामा बृद्धि भएको छ । जसले गर्दा उक्त क्षेत्र पर्यटकीय स्थलको रुपमा चिनिन सफल भएको छ ।

हेर्नुहोस् फोटो मार्फत एक झलकः

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस