भारतमा कोरोना संक्रमण बढेपछि स्याङ्जामा जिल्ला प्रशासनको कडाई: के गर्न पाइने/नपाइने - सिधा मिडिया



भारतमा कोरोना संक्रमण बढेपछि स्याङ्जामा जिल्ला प्रशासनको कडाई: के गर्न पाइने/नपाइने

सुरक्षाका मापदण्डहरुको पालना नगरेको पाईएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने
    ११ चैत्र २०७७, बुधबार १९:०३  मा प्रकाशित
288 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा : छिमेकी मुलुक भारतमा हाल कोभिड-१९ को प्रकोप थप क्रियाशिल भई संक्रमितको दर बढ्दै गएको र
    मृत्युदरमा समेत बृद्धि आएकोले नेपालमा समेत संक्रमण बढ्न सक्ने जोखिम देखिएकोले स्वास्थ्य मन्त्रालयबाट आम
    नागरिकहरुलाई सजक र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अनुरोध गरेको छ ।

    कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै सुरक्षित र व्यवस्थित बनाउन स्याङ्जामा सुरक्षा संयन्त्र सक्रिय भएर लागेका छन् । पुनः कोभिड-१९ को महामारी विरुद्ध लड्नको लागि स्याङ्जा जिल्ला स्थित बुद्धिजिवी, समाजसेवी, व्यवसायी, उद्योगी,
    नागरिक समाज, सामुदायिक संघ/संस्था, टोल सुधार समिति र सर्वसाधारण महानुभावहरुलाई आवश्यक सहयोग र
    समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले अपिल गरेको छ ।

    साथै  जिल्लामा कोभिड-१९ को संक्रमण थप फैलन नदिन तपसिल बमोजिमका साबधानी अपनाउनुहुन समेत सबै सरोकारवालाहरुमा एक सूचना मार्फत हार्दिक अनुरोध गरेको छ ।

    तपसिलः

    १. अति आवश्यक बाहेक जिल्लाभित्र भिडभाड हुने किसिमका कुनै पनि किसिमको कार्यक्रम, सभा तथा समारोह
    आयोजना एवं संचालन गर्न नहुने ।

    २. हरेक व्यक्तिले पटक पटक साबुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोग गर्ने/गराउने ।

    ३. सार्वजनिक ठाउँमा हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउने र न्यूनतम रुपमा २ मिटरको सामाजिक दुरी
    कायम गर्ने/गराउने ।

    ४. कोभिड-१९ को लक्षण देखिएमा तत्कालै तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना परीक्षण गर्ने/गराउने ।

    ५. जिल्ला भित्र कोभिड-१९ को संक्रमणको संभावनालाई मध्यनजर गरी सबै स्थानीय तहले क्वारेन्टाईन र
    आईशोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने ।

    ६. होटल, पसल र व्यापार व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड उचित रुपमा परिपालना
    गर्ने/गराउने ।

    पुनश्चः- मास्क प्रयोग नगर्ने लगायत जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पालना नगरेको पाईएमा संक्रामक रोग
    ऐन, २०२० बमोजिम कारवाही हुने व्यहोरा सूचित गरेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले “सिधा मिडिया” लाई जानकारी दिए  ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस