स्याङ्जामा २२ बर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा चौधरी पक्राउ - सिधा मिडिया



स्याङ्जामा २२ बर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा चौधरी पक्राउ

    १२ चैत्र २०७७, बिहीबार १४:०८  मा प्रकाशित
260 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः स्याङ्जामा २२ बर्षिय एक युवतीलाई बलत्कार गरेको आरोपमा २२ बर्षिय भारतिय मुलुका मुकेस चौधरी पक्राउ परेका छन् । ८ गते दिउंसो अनुमानित १:०० बजेको समयमा  “जवरजस्ती करणी गरेको आरोपमा चौधरीलाई पक्राउ ” गरिएको हो । भारतको मोतिहारी जिल्ला चमारण भेलवा स्टेसन वडा नं. ८ स्थायी वतन भई हाल  चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बस्ने बर्ष २२ को मुकेस चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    चौधरीले पिडित युवतीलाई विवाह गर्छु भनि प्रेमजालमा पारी ललाई फकाई गरी स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नं. २ स्थितमा जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्तको आधारमा निज मुकेस चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    पक्राउ परेका मुकेशलाई करणी सम्बन्धी कसुर “ जबरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित
    स्याङ्जा जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस