राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो सय जनाभन्दा बढीलाई जागिर - सिधा मिडिया

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो सय जनाभन्दा बढीलाई जागिर

    १३ चैत्र २०७७, शुक्रबार १०:१७  मा प्रकाशित
330 जनाले पढ़िसके




प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ। विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो। अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ। साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्। विभागको वेवसाइट बाट पनि फारम भर्न सकिन्छ। वैशाख १२ गतेभित्र दरखास्त दिइसक्नुपर्ने विभागले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस