प्रदिप पंगेनी / स्याङ्जाः स्याङजाको वालिङ नगरपालीका वडा नं. ७ बिसाउनीराजमा सवारी दुर्घटना भएको छ । चापाकोट-वालिङ भित्रि सडक खण्डमा चापाकोटबाट काठमाडौंका लागी छुटेको बस वालिङ तर्फ जादै गर्दा ग. १ ख. ९५९४ नम्बरको उईङ्गर गाडी विहान अनुमानित ०७:५० बजेको समयमा उकालीमा रोकि चालक झरेको अवस्थामा गाडि ब्याग भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार- गाडी उकालीमा रोकि चालक झरेको अवस्थामा गाडि ब्याग भई सडक देखि अनुमानित १५ मिटर तल खसेर दुर्घटना भएको जनाएका छन् ।
चापाकोट-वालिङ भित्रि सडक खण्ड अन्तर्गत बिसाउनीराजमा सवारी दुर्घटना भएको खवर प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली खटिई गएको र गाडीमा सवार चालक सहित १० जना मध्ये ८ जना घाईते भएका छन भने, छतमा रहेको २ वटा खसि समेत मरेका छन ।, २ जना बच्चाहरू सामान्य रहेको र हाल ८ जना घाईतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भई रहेको जनाईएको छ ।
– निम्न घाईतेहरुको चोट र नामावलि सहित :-
१) जिल्ला स्याङजा वालिङ न.पा.१३ बस्ने बर्ष २३ कि साबित्रा गैरे ढाडमा चोट, अवस्था मध्यम ।
२) ऐ.भिरकोट न.पा.१ बस्ने बर्ष ३४ की सातुमा खातुन ढाडमा चोट, अवस्था मध्यम, निजको छोरी बर्ष १० की अफ्रिया खातुन ढाड र बाँया खुट्टामा चोट , अवस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ को मजबुन मिया बाया खुट्टा र ढाडमा चोट मध्यम,निजको छोरा बर्ष ३ को महमद मिया टाउको र पेटमा चोट, अवस्था मध्यम , निजको छोरी १० की महबुदा खातुन दाया खुट्टामा चोट, अवस्था सामान्य ।
४) जि.स्याङजा भिरकोट न.पा.१ बस्ने बर्ष १४ की जदिदा खातुन दाया साप्रामा भित्री चोट, अवस्था मध्यम ।
५) ऐ.पुतलीबजार न.पा.१० बस्ने बर्ष २७ की फालिदा बेगम ढाड र दाँया खुट्टामा चोट, अवस्था मध्यम ।
नोटः सबै जना घाईतेको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भईरहेको । छतमा रहेको दुई वटा खसि समेत मरेको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया