स्याङ्जामा “अवैध लागुऔषध सहित २ जना पक्राउ” - सिधा मिडिया



स्याङ्जामा “अवैध लागुऔषध सहित २ जना पक्राउ”

    १६ चैत्र २०७७, सोमबार २०:४६  मा प्रकाशित
376 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी / स्याङ्जाः “ अवैध लागुऔषध सहित स्याङ्जामा २ जना पक्राउ” परेका छन् । १४ गते साँझको समयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले विशेस सूचनाको आधारमा पक्राउ गरेको हो ।

    स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. १ ट्याक्सी चोक स्थितमा बुटवलबाट पोखरातर्फ गैरहेको ग. १ ख. ६०८२ नं. को बसमा चेकचाज गर्ने क्रममा निम्न नामथर वतन भएको व्यक्तिहरुको साथबाट निम्नानुसारको अवैध लागु औषध फेला पारी पक्राउ तथा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    हेर्नुहोस् निम्न:- पक्राउ व्यक्तिहरू:-

    1) जिल्ला स्याङ्जा अर्जुनचौपारी गाँउपालीका वडा नं. ३ सिमलचौर वस्ने वर्ष २२ को किस्मत काफ्ले के.सी. ।

    2) जिल्ला उदयपुर गाईघाट गा.पा. ७ वस्ने वर्ष २४ को विक्रम सुनार ।

    बरामद लागुऔषध :-

    १) डाईजेपान २५ एम्पुल , नुर्फिन २५ एम्पुल , फिनरागन २५ एम्पुल , जम्मा ७५ एम्पुल ।

    पक्राउ परेका दुबै जानालाई “लागुऔषध” मुद्धामा मुद्धा दर्ता गरी मिति २०७७।१२।१६ गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको जनाइएको  छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस