स्याङ्जामा १५ वर्षकी बालिकालाई "बलात्कार" गरेको आरोपमा ४ जना पक्राउ - सिधा मिडिया



स्याङ्जामा १५ वर्षकी बालिकालाई “बलात्कार” गरेको आरोपमा ४ जना पक्राउ

    १७ चैत्र २०७७, मंगलवार ०७:५१  मा प्रकाशित
245 जनाले पढ़िसके

प्रतिक्रिया




    प्रदिप पंगेनी / स्याङ्जाः जवरजस्ती करणी उद्योग गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । १४ गते साझ स्याङ्जाको  हरिनास गाउपालिका वडा नँ ६ बाहुन्दिमा १५ वर्षिय एक अबोध बालिका माथि बलात्कारको प्रयास गरिएको आरोप छ।

    स्थानियका अनुसार- एकान्त घरमा आमा माथि आटिमा जातो पिनिरहेको अवस्थामा सोही गाउँ पालिका वडा नँ ६ निवासी चार जना युवकले पानी खान मागेर पानी दिन लाग्दा ती चार जना युवाले करणि गर्ने मनसायले उक्त अबोध बालिकालाइ समातेका थिए।

    जवरजस्ती करणी उद्योग गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय स्याङ्जामा परेको हुँदा निम्न
    व्यक्तिहरूलाई पक्राउ गरी करणी सम्बन्धी कसुर “ जबरजस्ती करणी उद्योग ” मुद्धामा मुद्धा दर्ता गरी मिति २०७७।१२।१६ गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

                    निम्न:- पक्राउ गरिएको व्यक्तिहरूको नामथर वतन :-

    1. जिल्ला स्याङजा हरिनाश गा.पा. वडा नं. ०६ बस्ने बर्ष २९ को जेवन्त बहादुर खवास।

    2. ऐ. बस्ने बर्ष ४२ को दिल बहादुर राना ।

    3. ऐ. बस्ने बर्ष १८ को जयम रुचाल ।

    4. ऐ. बस्ने बर्ष १९ को निलेश दुवाडी ।

    उक्त घटना बाहिरिन नदिन विभिन्न प्रलोभन र दवाव दिएका थिए । अन्ततः चिसापानी ईलाका प्रहरी कार्यलयमा किटानी जाहेरि पछि अभियोग लागेका चारै जनालाइ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहको छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस