मचे डाँडामा डोमेस्टिक एअरलाइन्स र ज्याग्दी हाइड्रोपावर चापाकोटका जनताको सपना हो - सिधा मिडिया



मचे डाँडामा डोमेस्टिक एअरलाइन्स र ज्याग्दी हाइड्रोपावर चापाकोटका जनताको सपना हो

    १७ चैत्र २०७७, मंगलवार ०८:४९  मा प्रकाशित
345 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः स्याङ्जा चापाकोटका नगरप्रमुख शिव कुमार गिरीले चापाकोटको मचे डाडामा डोमेस्टिक एअरपोर्ट बनाउने उद्द्घोस गरेका छन। शनिबार साँखर स्थित योग कार्यक्रमलाई उद्घाटन गर्न पुगेका गिरीले यस्तो अभिव्यक्ति दिएका हुन। नगर प्रमुख गिरीले ज्याग्दी हाइड्रोपावर निर्माण गर्ने कुरामा पटक पटक उर्जा मन्त्रालयमा ताकेता गर्दा समेत असफल भएको स्वीकार गरेका थिए ।

    कम्युनिस्टको सरकार केन्द्रमा र काङ्ग्रेस बाट निर्बाचित जनप्रतिनिधि स्थानीयमा भएकै कारण चापाकोटका गौरवका आयोजनाका फाइल केन्द्रमा मन्त्रालयको कार्यालयमा फ्याक्ने गरिएको भन्दै नगर प्रमुख गिरी दुखेसो पोख्छन्। राधा आमा समुह चापाकोट ६ले आयोजना गरेको उक्त एकदिबसिय साधना र सकारात्मक सोच अभिवृद्धि गर्ने उदेश्य रहेको उक्त कार्यक्रममा सम्बोधन गरेका गिरीले चापाकोट गाउँ गाउँको नगर भएको र भर्जिन ल्याण्ड भएको नगरपालिकाको मेयर भएकोमा चरण बद्द शैलीमा बिकास भैरहेको कुरा व्यक्त गरेका थिए।

    योग साधना र सकारात्मक सोच मानव जिबनको सन्जिबनी बुटि भएको भन्दै दैनिक रुपमा यस्ता क्रियाकलाप गरेमा जिबन लामो हुने र धेरै बर्ष बाच्न सकिने कुरा नगर प्रमुख गिरीको थियोे। यसैबीच नगरप्रमुख गिरीले भने..,म गफाडी मेयर होइन।सैद्धान्तिक कुरालाई रटान लगाउने तर काम रत्तिभर नगर्ने खालको मेयर पनि होइन। आफु थोरै बोल्ने तर काम अधिक गर्न खोज्ने जनताको सेबक मेयर भएकोले चापाकोटको बिकास अग्रगतीमा गर्न हरदम तत्पर भएकोमा अबको योजना भनेकै एअरपोर्ट र हाइड्रोपावर निर्माण गरेर समुन्नतिको यात्रामा चापाकोटलाई अगाडी बढाउछु भन्दै गिरी आफ्ना धारणा व्यक्त गर्छन।
    सोहिबिच छिन्नलता नृत्य पाठशालाका बिद्यार्थीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।

    सीता गैह्रेको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य तिर्थ उदासीले गर्नुभएको थियोे भने बिशिस्ट अतिथिमा चापाकोट नगर सल्लाहकार ज्ञानेश्वर बस्ताकोटी”राधे राधे”,वडा अध्यक्ष एकदेब भट्टराई,चापाकोट क्याम्पस स्वबियु सभापति सबिन चन्द्र डोटेल लगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो कार्यक्रममा प्रशिक्षकको रुपमा प्रमुख प्रशिक्षकमा होमनाथ आचार्य र प्रशिक्षक र शंकर बाबु पोख्रेल रहनु भएको कार्यक्रमको संचालन अनन्त राज गैह्रेले गरेका थिए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस