यतिबेला सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्की गर्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा चर्चामा छ ।
त्यसो त सामाजिक सञ्जालमा सेलिब्रेटीहरुको यस्तो गसिप चर्चामा आउनु सामान्य नै हो । केही समयअगाडि नायिका श्वेता खड्का ‘आमा’ बन्दै शिर्षक राखी विभिन्न गसिप चलेको थियो ।
यस्तै अहिले सामाजिक सञ्जालमा नायिका प्रियङ्का कार्कीको ‘होली’मा खिचिएको तस्बिरहरू चर्चामा आएको छ । वास्तवमा प्रियङ्का यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।
केही समययता हेर्ने हो भने नायिका कार्की सामाजिक सञ्जालमा खासै सक्रिय देखिन्नन् । फिल्मका प्रोजेक्ट नभए पनि प्रायः उनलाई म्युजिक भिडियोमा देख्न पाइन्थ्यो । यिनै कुरालाई आधार मान्दै उनको तस्बिरमा थुप्रै प्रशंसकले गर्भवती भएको हो ? भनी कमेन्ट गरेका छन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया