स्याङजाको चापाकोटमा अवैध काठ सहित सुन्दर पक्राउ - सिधा मिडिया



स्याङजाको चापाकोटमा अवैध काठ सहित सुन्दर पक्राउ

    २२ चैत्र २०७७, आईतवार २०:१८  मा प्रकाशित
202 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जाः स्याङ्जामा अवैध काठ वरामद गरिएको छ । २० गते बेलुकी ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले  अवैध काठ वरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता  एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले “सिधा मिडिया” लाई जानकारी दिएका हुन् ।

    स्याङजा जिल्लालप चापाकोट नगरपालिका वडा नं. ९ फुलबारी स्थितमा चापाकोट.वडा नं. २ बस्ने बर्ष ३५ को सुन्दर परियारले ग. १ ज. ७३८३ नम्बरको बलेरो जिपमा लुकाई छिपाई चापाकोट तर्फ लग्दै गरेको अबैध चार पाटे सालको काठ फेला पारेको प्रहरीले जनाएको छ ।

    अवैध काठ थान २१ (एक्काईस) फेला पारको हुँदा निजलाई पक्राउ गरी स्थानिय, जनप्रतिनिधी र वन कार्यालयका कर्मचारीहरुको रोहबरमा बरामदी मुचुल्का गरी बरामद काठ र पक्राउ व्यक्ति सुन्दर परियारलाई आवश्यक कारवाहीको लागि २० गते नै सब डिभिजन बन कार्यालय दामाचौर स्याङ्जामा बुझाईएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस