नेपालमा भूकम्पको धक्का, सिक्कीमलाई केन्द्रबिन्दु - सिधा मिडिया



नेपालमा भूकम्पको धक्का, सिक्कीमलाई केन्द्रबिन्दु

    २३ चैत्र २०७७, सोमबार २१:४२  मा प्रकाशित
141 जनाले पढ़िसके

प्रतिक्रिया




    नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपाल लगाएत पाहाडी भुभागमा भूकम्पको धक्का महसुस भएको हो।

    भूकम्पको धक्का स्याङ्जा लगाएत  सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका धेरै नेपाल भरका जिल्लामा पनि महसुस भएको छ।

    पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको स्थानीयबासीले बताएका छन्। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस