सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्नूहाेस् - सिधा मिडिया



सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्नूहाेस्

    २७ चैत्र २०७७, शुक्रबार १५:१३  मा प्रकाशित
293 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) आज बाँडफाँड सम्पन्न भएकाे छ । उक्त  आइपीओ मेगा क्यापिटलको कार्यालयमा बाँडफाँड भएकाे हाे ।

    गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ६९ हजार ७ सयजना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । यता बाँकी १२ लाख ९५ हजार ८ सय ३० जना आवेदकहरू भने शेयर पाउनबाट वञ्चित भएका छन् ।

    कम्पनीकाे  आइपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियाे । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदकाे आवेदन रद्द भएकाे थियाे र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।

    कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

    यसरी हेर्ने नतिजा 

    कम्पनीकाे आइपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे www.iporesult.cdsc.com.np नामक वेबसाइटबाट हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड र सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे वेबसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

    यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूकाे गाेपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएकाे हाे ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस