नेकपा (एमाले) चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला चयन - सिधा मिडिया



नेकपा (एमाले) चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला चयन

    २९ चैत्र २०७७, आईतवार ०७:५६  मा प्रकाशित
294 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा, २९ चैत । एमालेको जिल्ला कमिटी स्याङ्जाको विस्तारित बैठकले स्याङ्जका सबै स्थानीय तहहरुमा पार्टी अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लगाएको छ ।

    चापाकोट नगरपालिकाको अध्यक्षमा राजु कोइराला चयन भएका छन भने, सचिवमा राजु भट्टराई चयन भएका हुन् ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रेको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वूर्ण निर्णयहरु गरेको स्रोतको दाबी रहेको छ ।

    वैशाख ४ गते सबै पालिकास्तरीय बैठक गर्ने, वडास्तरसम्म संगठन पुनर्गठन गर्ने, पार्टीको तर्फबाट २ महिने अभियान सञ्चालन गर्ने, जनवर्गीय संगठनहरुको भेला, सम्मेलन गर्ने गरी पालिकास्तरको अध्यक्ष र सचिवको जिम्मेवारी तोकिएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस