रु रु जलविद्युतको आइपीओ बाँडफाँट, भाग्यमानी ७ जनालाई ११ कित्ता - सिधा मिडिया



रु रु जलविद्युतको आइपीओ बाँडफाँट, भाग्यमानी ७ जनालाई ११ कित्ता

    ३ बैशाख २०७८, शुक्रबार ११:०१  मा प्रकाशित
3354 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं : रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँट भएको छ ।

    आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । यसमा ३७ हजार ९१६ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

    यसरी बाँडफाँट गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ ।

    रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

    रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

    यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो । यसमा मागभन्दा ६१.६५ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।

    साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस