अब निस्कासन हुने आइपियो कुन कम्पनीको र कहिले ? जान्नुहोस - सिधा मिडिया



अब निस्कासन हुने आइपियो कुन कम्पनीको र कहिले ? जान्नुहोस

    ४ बैशाख २०७८, शनिबार ११:३०  मा प्रकाशित
2696 जनाले पढ़िसके

प्रतिक्रिया




    सिईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) जारी गर्ने अनुमति पाएको छ ।

    सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबोनमा निवेदन पेश गरेको हो ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५
    लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर
    (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका
    लागि अनुमति पाएको हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । अब छिटै आइपियो निस्कासन गर्ने कम्पनीले जनाएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस