चन्द्रागिरी हिल्स १८ करोड नोक्सानमा - सिधा मिडिया



चन्द्रागिरी हिल्स १८ करोड नोक्सानमा

    ६ बैशाख २०७८, सोमबार ०९:४८  मा प्रकाशित
187 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ ।

    चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनी २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

    यता, गत वर्ष १ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीद्धारा सञ्चालित केबलकारमा औसतमा दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४०% रहेको जनाएको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस