सहरी र संक्रमण बढेका क्षेत्रमा शिक्षण संस्था बन्द - सिधा मिडिया



सहरी र संक्रमण बढेका क्षेत्रमा शिक्षण संस्था बन्द

फिल्म हल,पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द
    ६ बैशाख २०७८, सोमबार १०:५५  मा प्रकाशित
227 जनाले पढ़िसके

प्रतिक्रिया




    ६ वैशाख, काठमाडौं – आज बसेको मन्त्रीपरिषद्को बैठकले सहरी र संक्रमण बढेका क्षेत्रका शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद्ले रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । र‌गंशालामा खेल खेल्न दिने तर दर्शक प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । हाल नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ ।

    जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुने निर्णय मन्त्रीपरिषद्को छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस