भन्सार एजेन्टको परीक्षा जेठ २२ मा हुने - सिधा मिडिया



भन्सार एजेन्टको परीक्षा जेठ २२ मा हुने

    ६ बैशाख २०७८, सोमबार १३:०७  मा प्रकाशित
194 जनाले पढ़िसके

प्रतिक्रिया




    सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दैछ । त्यसका लागि आवेदन दिएका परीक्षार्थीको लिखित परीक्षा भने आगामी जेठ २२ गतेका लागि निर्धारण गरिएको छ । भन्सार विभागले दुई दशकपछि पहिलो पटक भन्सार एजेन्ट थप गर्न लागेको हो । भन्सार विभागका अनुसार भन्सार जेठ २२ गते दिउँसो १ बजे हुने लिखित परीक्षाको परीक्षा केन्द्र भनेपछि प्रकाशित हुने छ ।

    विभागका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । भन्सार एजेन्टले विभागको लाइसेन्सबिना काम गर्न पाउँदैनन् । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् । लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस