चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा समेत यति धेरै गिरावट हुदै - सिधा मिडिया



चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा समेत यति धेरै गिरावट हुदै

    ६ बैशाख २०७८, सोमबार १३:३७  मा प्रकाशित
1086 जनाले पढ़िसके

प्रतिक्रिया




    केही दिन अघिसम्म सेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।

    कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।

    कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।

    कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।

    कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ। सोमबार १ बजेसम्म कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ।

    यो समयसम्म १७९ रुपैयाँ प्रतिकित्ता मूल्य घटेर २२३० रुपैयाँ आसपासमा कारोबार भएको छ। यो कम्पनी होटल तथा पर्यटन समूहमा आवद्ध छ। साभार स्रोत: सेतोपाटी बाट

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस