आजबाट नयाँ हवाई भाडा लागू - सिधा मिडिया



आजबाट नयाँ हवाई भाडा लागू

    ७ बैशाख २०७८, मंगलवार ०९:२६  मा प्रकाशित
192 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं, बैशाख ७ । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

    नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिलिटर ७४ रहेको इन्धनको मूल्य अहिले ७६ पुगेको छ ।

    संघले सोहीअनुसार मुलुकभरका विभिन्न सेक्टरमा हुने उडानका लागि इन्धन शुल्क तोकेको छ । संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा भाडा ८५ बढेको छ । काठमाडौंबाहेक बेस बनाई उडान गर्ने सेक्टर डोटी–साँफेबगर १० ले बढेको छ ।

    काठमाडौं–भैरहवा सेक्टर उडानको भाडा ४५ ले बढेको छ । काठमाडौं–नेपालगञ्जको भाडा ६५ ले बढेको छ । काठमाडौंं–विराटनगर सेक्टरमा ५० ले यात्रु भाडा बढेको छ । काठमाडौंं–सिमरामा भने १५ बढेको छ ।

    पर्वतीय उडानको पनि भाडादर वृद्धि भएको छ । काठमाडौंबाट र पोखराबाट हुने उडानमा ६५ भाडा बढेको छ ।

    यसअघि चैत ६ गते संघले नयाँ भाडादर कायम गरेको थियो । त्यसबेला पनि हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै संघले विभिन्न १०० सेक्टरका उडानमा भाडा बढाएको थियो । आर्थिक अभियान दैनिकबाट

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस