चापाकोटका प्रशासकिय अधिकृतलाई मेयर गिरीको दुव्र्यवहार - सिधा मिडिया



चापाकोटका प्रशासकिय अधिकृतलाई मेयर गिरीको दुव्र्यवहार

रक्सी खाएका मात्तिएका अधिकृत अनावश्यक धेरै बोलिरहेको भनेर मेयरले झापड हानेको स्थानीयले बताए ।
    ८ बैशाख २०७८, बुधबार १३:४७  मा प्रकाशित
521 जनाले पढ़िसके

प्रतिक्रिया




    गोपीकृष्ण रेग्मी , बैशाख ८ चापाकोट । स्याङ्जा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्व खनाललाई नगर प्रमुख शिव कुमार गिरिले दुव्र्यवहार गरेका छ्न ।

    मेयर गिरि र प्रमुख प्रशासकिय अधिकृत चापाकोट वडा न.९ मा रहेको एक होटलमा खाना खानको लागि बसिरहेका बेला सामान्य भनाभन भयो अनि मेयर गिरिले एक झापड लगाउनु भयो प्रत्यक्षदर्शीले बताए ।

    रक्सी खाएका मात्तिएका अधिकृत अनावश्यक धेरै बोलिरहेको भनेर मेयरले झापड हानेको स्थानीयले बताए ।

    केही महिना अघि रक्सीले मात्त्तिएर नगरपालिकाका सामाजिक परिचालकहरुलाइ समय भन्दा ढिला आउने भन्दै अनावश्यक दुख दिने उठबस गराउने गरेका प्रशासकिय अधिकृतले रक्सी खाएकै समयमा कुटाइ खाएका छ्न ।

    कर्मचारीलाई पटक पटक अपशब्द बोल्ने गरेका मेयर गिरिले कर्मचारी कुटेको यो पहिलो घटना चाहिँ होइन यो मात्र नभई गिरि विभिन्न घटना संग जोडिएर विवादमा आइरहेका छन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस