आज २३ सय ५१ संक्रमित थप, काठमाडौंका मात्रै १०५१ जना - सिधा मिडिया



आज २३ सय ५१ संक्रमित थप, काठमाडौंका मात्रै १०५१ जना

    ८ बैशाख २०७८, बुधबार १९:०७  मा प्रकाशित
131 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं, ८ बैशाख । आज नेपालमा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित थपिएको पत्रकार सम्म्लेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी कुल १ हजार ५१ जना पुष्टि भएका हो । गौतमको अनुसार आज पिसीआर विधिबाट २ हजार २२० र एन्टिजेट विधिबाट १३१ गरेर जम्मा २ हजार ३ सय ५१ जना संक्रमित भएका हुन् । आज २४ घन्टामा २ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस