चापाकोटमा नेपाली कांग्रेसका नेता ध्रुव पंगेनीको नेतृत्वमा १ सय २० जना एमालेमा प्रवेश - सिधा मिडिया



चापाकोटमा नेपाली कांग्रेसका नेता ध्रुव पंगेनीको नेतृत्वमा १ सय २० जना एमालेमा प्रवेश

    ९ बैशाख २०७८, बिहीबार १४:१७  मा प्रकाशित
835 जनाले पढ़िसके

प्रतिक्रिया




    स्याङ्जा । नेपाली कांग्रेश निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिका सदस्य ध्रुव पंगेनीको नेतृत्वमा १ सय २० जना कांग्रेसका संगठित सद्स्यहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन ।

    नेकपा (एमाले) चापाकोट नगर कमिटिको आयोजनामा आंधिघाटमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा त्यसरी कंग्रेसका सयौं कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरुमा नेपाल कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य यामकुमारी खनाल र नेपाल तरुण दल नगर समिति सदस्य अमृत शाही लगाएत १ सय २० जना रहेका छन ।

    पार्टी प्रवेश गर्नेहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालको हातवाट अविर तथा माला लगाएका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, विशिष्ट अतिथिको रुपमा नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे र अतिथिहरु नेकपा (एमाले)का प्रदेश सद्स्य किशोरबिक्रम मल्ल र बुद्दीमान श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस