उच्च कोरोना संक्रमण दर भएको मुलुकमा नेपाल, दैनिक १ लाख ९३ हजार थपिने आँकलन - सिधा मिडिया



उच्च कोरोना संक्रमण दर भएको मुलुकमा नेपाल, दैनिक १ लाख ९३ हजार थपिने आँकलन

    १५ बैशाख २०७८, बुधबार २१:१३  मा प्रकाशित
83 जनाले पढ़िसके

प्रतिक्रिया




    काठमाडौं । यतीबेला नेपाल कोरोना संक्रमण फैलने विश्वकै उच्च दर भएको मुलुकमा परेको छ । स्वास्थ्य मन्त्रालयको आंकडाअनुसार नेपालमा कोरोना संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ ।

    नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको इपीडीमीयोलोजिस्ट डा. अर्पणा श्रेष्ठले जानकारी दिइन् । यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ । यही गतिमा संक्रमण बढे दैनिक डेढ सयको संख्यामा नेपालमा कोरोनाबाट मृत्यु हुने दाबीसमेत गरिएको छ ।

    हाल ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । त्यस्तै, २ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् ।

    देशभर संक्रमणमुक्त हुनेको दर घटेर ८९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्या बढेर ३० हजार २ सय ९ पुगेको छ । बुधबार ७ सय ७३ जनामात्र संक्रमणमुक्त भएका छन् । हाल ३ सय १७ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् । अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा करिब ५ हजार कोरोना संक्रमणका केस पुष्टि भएका छन्। १३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो।

    संक्रमण कम गर्न स्वास्थ्य मन्त्रालयले मास्कको प्रयोगसँगै सरसफाइमा समेत जोड दिइएको छ । प्रयोग गरेको मास्क ५ दिनसम्म छुट्टै राखेरमात्र सबै फोहरसँग मिसाउन पनि आग्रह गरिएको छ ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस