स्कुटरमा आएका युवासँग चु’म्मा गरेको देखें त्यसैले श्रीमतीको ह’त्या गरें - सिधा मिडिया



स्कुटरमा आएका युवासँग चु’म्मा गरेको देखें त्यसैले श्रीमतीको ह’त्या गरें

    १८ बैशाख २०७८, शनिबार २१:१४  मा प्रकाशित
144 जनाले पढ़िसके

प्रतिक्रिया




    दाङ– तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले श्रीमतीको चरित्र ठिक नपाएपछि ढुंगा प्रहार गरी आवेगमा हत्या गरेको बयान दिएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति साढे ९ बजेतिर पोखरेलले २५ बर्षीया श्रीमती बिपना रेग्मीको हत्या गरेका थिए।

    ह’त्या पछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट प’क्राउ गरेको थियो । पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्र ठिक नभएको बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए ।

    ‘पक्राउ परे लगतै ति व्यक्तिले श्रीमतिको चरित्रमाथि दोषारोपण गर्न खोजेका छन्’, डिएसपी सिंहले भने ‘घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’ पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।पदमका अनुसार ह’त्या गरिएकी श्रीमती तुलसीपुरको बस पार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन्।

    उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष बयान दिएको डिएसपी सिंहले बताए। त्यो कुरा पदमलाई ब्य’क्तिगतरुपमा मन नपरेको र पछि आबेगमा आएर ह’त्या गरेको आ’रोपितले स्वि’कार गरेको प्रहरीको दाबी छ ।

    ‘घ’टना भएको दिन पनि आफ्नी श्रीमतिलाई छोड्न राती एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चु’म्मा खाएको आफुले देखेको दाबी पदमको छ,’ डिएसपी सिंहले भने,‘त्यही कारण डेरातर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बिबाद हुँदा घटना भएको पदमको दाबी छ।’

    घटना भन्दा दुई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए । श्रीमान श्रीमतीबीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भए पनि उनलाई न’लागेको र त्यसपछि आफुले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको पदमको भनाई छ।

    बिदेशबाट घर फ’र्किएपछि पदमले एक हप्ता अगाडि मात्रै श्रीमतीको आग्रहमा कोठा भाडामा लिएर बस्न थालेको खुल्न आएको प्रहरीले बताएको छ। घ’टनाबारे थप अनुसन्धान भइरहेको र ह’त्या अ’भियु’क्तलाई ज्यान मु’द्दा च’लाएर का’रवाही सुरु हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस