१५ कम्पनीहरूले आईपीओ निष्कासन गर्दै, कुनको कति ? - सिधा मिडिया



१५ कम्पनीहरूले आईपीओ निष्कासन गर्दै, कुनको कति ?

    १८ बैशाख २०७८, शनिबार २१:४७  मा प्रकाशित
150 जनाले पढ़िसके

प्रतिक्रिया




    विभिन्न १५ वटा कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) केही दिन भित्र जारी गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार १५ वटा कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । १५ वटा कम्पनीले ५ अर्ब ५५ करोड रुपियाँबराबरको आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

    आवेदन दिनेहरूमा मध्य भोटेकोशी जलविद्युत आयोजनाले १ अर्ब ५० करोड, साहस ऊर्जाले १ अर्ब ५ करोड, बिन्दाबासिनी हाइड्रोले २५ करोड, सीईबीडी हाइड्रोले २५ करोड, डिस मिडिया नेटले २३ करोड, हिमालयन हाइड्रोले २२ करोड, न्यादी हाइड्रोले ४० करोड ५ लाख, मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख, ग्रीन भेन्चरले ६२ करोड ५० लाख, बलेफी हाइड्रोपावरले ३६ करोड ५५ लाख, सयपत्री हाइड्रोपावरले ९ करोड रुपियाँबराबरको आईपीओ जारी गर्दै छन् ।

    त्यस्तै जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख, मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख, बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड, समलिङपावर कम्पनीले १२ करोड ३० लाख रुपियाँको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस