विमला वलीले भनिन : मेरै बुुद्धि र विवेकले माओवादी केन्द्र रोजेकी हुँ - सिधा मिडिया



विमला वलीले भनिन : मेरै बुुद्धि र विवेकले माओवादी केन्द्र रोजेकी हुँ

    १९ बैशाख २०७८, आईतवार १७:१२  मा प्रकाशित
72 जनाले पढ़िसके

प्रतिक्रिया




    बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वलीले आफु नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छिन् ।

    सांसद वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफु आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । वलीले बैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरेपछि औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको बताइन् ।

    पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरुले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरुले धेरै सहयोग गर्नुभएको हो ।’ उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।सांसद वलीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस