कर्नाटकमा अक्सिजनको अभाव हुँदा १२ जनाको मृत्यु - सिधा मिडिया



कर्नाटकमा अक्सिजनको अभाव हुँदा १२ जनाको मृत्यु

    २० बैशाख २०७८, सोमबार १२:५३  मा प्रकाशित
60 जनाले पढ़िसके

प्रतिक्रिया




    २० वैशाख, काठमाडौं । भारतको कर्नाटकको चामाराजानगरस्थित एक अस्पतालमा अक्सिजनको अभावको कारण कम्तीमा १२ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ । चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले ठूलो प्रयासका बाबजुद बिरामीको अक्सिजन लेभल सामान्य राख्न नसकिएको बताएका छन् ।

    मेडिकल कलेजका डीन डाक्टर जीएम सञ्जीवका अनुसार राति १२ देखि २ बजेसम्म अस्पतालमा अक्सिजनको प्रेसर कम भएको थियो । अस्पताल प्रशासनका अनुसार अक्सिजन अभावका कारण मृत्यु हुने सबैलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । पछिल्लो समय ठूलो संख्यामा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतका केही राज्यमा अक्सिजन तथा बेडको अभाव देखिएको छ । – एजेन्सीहरुको सहयोगमा

    © 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया दिनुहोस